सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो

बुधबार, ०२ बैशाख २०८३, १२ : ४३

काठमाडौं– ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल कारबाहीमा परेका छन् ।

थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार सभामुख सवार गाडीसँगै सुरक्षामा खटिएका तीन वटा अगुवा–पछुवा सवारी साधनलाई समेत कारबाही गरिएको छ ।

स्रोतका अनुसार भीभीआईपी सवारी भएकाले घटनास्थलमै रोकेर कारबाही गर्न सम्भव नभएपछि ट्राफिक टोली सिंहदरबार पुगेर चिट काटेको हो ।

 
 
बुधबार, ०२ बैशाख २०८३, १२ : ४३

प्रतिक्रिया