काठमाडौँ- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो र लाभदायक बनाउने उद्देश्यले यो क्याम्पेन ल्याएको हो । यो क्याम्पेन २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।
क्याम्पेनका मुख्य विशेषताहरूः
* १ राइड = १ लक्की– ड्र टिकट
(जति धेरै राइड, उति धेरै जित्ने मौका)
मेगा गिभअवेमा सहभागी हुनः
* राइड सकिएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खल्तीबाट ड्राइभर खल्तीमा
कम्तीमा २ वटा कारोबार गर्नुपर्नेछ ।
आकर्षक पुरस्कारहरूः
* १० वटा अनर एक्स ७ डि स्मार्टफोन (मेगा गिभअवे)
प्रोमो कोड पुरस्कारः
* १,००० जनालाई १५% क्यासब्याक (अधिकतम रु ५०)
* १,००० जनालाई रु २०० क्यासब्याकसहित एयरलाइन प्रोमो कोड
* १०० जनालाई खल्ती प्रो मा अपग्रेड
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “हामी प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा तय गर्ने अवसर दिन्छौं । ‘राइड मोर, विन मोर’ क्याम्पेन मार्फत हामीले आफ्ना प्रयोगकर्ताप्रति धन्यवाद व्यक्त गर्न चाहेका छौं र अझ धेरै लमानिसलाई हाम्रो सेवाको अनुभव गराउन चाहन्छौं । जति धेरै राइड गर्नुहुन्छ, उति धेरै जित्ने अवसर पाउनुहुन्छ ।”
खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले भने, “इनड्राइभसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोडेर हामी यात्रालाई अझ सहज र सुरक्षित बनाउँदैछौं । यसले विशेषगरी चाडपर्वको समयमा प्रयोगकर्तालाई थप सुविधा दिनेछ ।”
प्रतिक्रिया