तीजलाई लक्षित गर्दै गायिका न्यौपानेको नयाँ गीत  बजारमा (भिडियो सहित)

४ बर्ष अगाडि

काठमाडौँ – गायिका रमिला न्यौपानेको नयाँ तीज गीत सार्वजनिक भएको छ । उनले यस वर्षको तीजलाई लक्षित गर्दै ‘पशुपतिमा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । उक्त गितमा उनलाई खुमन अधिकारीले साथ दिएका छन् । 

बाबुराम बोहराको शव्द अनी खुमन अधिकारीको संगीत रहेको गीतमा न्यौपानेका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीका् स्वर रहेको छ भने म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् । 

१४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी गायिका न्यौपानेले  १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । उनले  ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी छिन् ।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया