एकैदिन ५६ फर्ममा वाणिज्य विभागको छापा

विहीबार, ०३ बैशाख २०८३, १४ : २४

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार काठमाडौंका विभिन्न ५६ व्यावसायिक फर्महरूमा अनुगमन गरेको छ। खाद्य सामग्री र दैनिक उपभोग्य वस्तुहरूको बिक्री-वितरण गर्ने पसल तथा प्रतिष्ठानहरूलाई लक्षित गरी गरिएको यस स्थलगत अनुगमनका क्रममा, नियम उल्लंघन गर्ने फर्महरूलाई विभागले तत्कालै कारबाहीको दायरामा ल्याइएको जनाएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिएरनदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखे/नराखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरेरनगरेको विषयमा जानकारी लिएको छ ।’

उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

 
 
विहीबार, ०३ बैशाख २०८३, १४ : २४

प्रतिक्रिया