लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ

आइतबार, ०६ बैशाख २०८३, १३ : ३०

काठमाडौँ- लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२६÷२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् ।

पोखराको होटल दिपसागरमा आज सम्पन्न क्लबको वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं सल्लाहकारहरूको साथ र सहयोग अपरिहार्य रहने बताउँदै सबैप्रति आभार व्यक्त गरे । उनले क्लबमार्फत सामाजिक सेवा, मानव कल्याण तथा समुदाय विकासका कार्यक्रमहरूलाई थप प्रभावकारी र उचाईमा पु¥याउने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष तथा इन्टरनेशनल एडभाइजर लायन डोलराज पोखरेलले ‘आफ्नो लागि सबैले गर्छन्, अरूका लागि केही गरौँ’ भन्ने मूल भावनाका साथ क्लब स्थापना भएको स्मरण गरे । उनले क्लबले अहिलेसम्म निर्वाह गरेको सामाजिक भूमिकाप्रति खुसी व्यक्त गर्दै नयाँ कार्यसमितिलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए ।

साधारण सभाबाट वर्ष २०२६÷२७ का लागि अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा लायन कृष्ण प्रसाद भट्टराई, द्वितीय उपाध्यक्षमा लायन नेपाल प्रकाश अधिकारी र तृतीय उपाध्यक्षमा लायन कल्याण तिमिल्सिना चयन भएका छन् । त्यसैगरी सचिवमा लायन शिवप्रसाद रिमाल, सह–सचिवमा लायन सुर्यप्रसाद पोखरेल र कोषाध्यक्षमा लायन कुलप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भए ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लायन कृष्णराज पराजुली, मोहदत्त भुषाल, नरेश सुवेदी र शक्ति बराल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै आफ्ना धारणा राखेका थिए । वर्तमान अध्यक्ष लायन विष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन डिस्ट्रिक्ट जोन चियरपर्सन लायन नरेश सुवेदीले गरेका थिए । नयाँ कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विशेष योजनाहरू अघि सार्ने लक्ष्य लिएको छ ।

 
आइतबार, ०६ बैशाख २०८३, १३ : ३०

प्रतिक्रिया