काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गृहमन्त्रालय तत्कालका लागि आफैँसँग राख्ने भएका छन् ।
बुधबार गृहमन्त्री सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै तत्कालै गृहमन्त्री नियुक्ति नगरिने भएको हो ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको देखिएको थियो। उनले जेनजी आन्दोलनपछि ५० लाखको शेयर खरिद गरेको देखिएको थियो।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दवाव परेको थियो। विपक्षी राजनीतिक दलले राजीनामाको माग गरेका थिए।
प्रतिक्रिया