वायु प्रदूषण

काठमाडौंको वायु ‘अति अस्वस्थकर’, विश्व प्रदूषण सूचीको दोस्रो स्थानमा

विहीबार, १० बैशाख २०८३, ११ : ४२

काठमाडौं– राजधानी काठमाडौंको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। शुक्रबार बिहान ११ बजेको मापनअनुसार वायुको गुणस्तर सूचक (एक्यूआई) २१६ पुगेको छ, जुन जनस्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ श्रेणीमा पर्दछ।

उक्त स्तरको प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने विज्ञहरू बताउँछन्। सामान्य मानिसहरूमा समेत आँखा पोल्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्ने चेतावनी दिइएको छ।

विश्वव्यापी वायु प्रदूषण मापन सूचीमा पनि काठमाडौं दोस्रो स्थानमा देखिएको छ, जसले यहाँको वायुमण्डलीय अवस्था निकै खराब भएको संकेत गर्छ।

वायु गुणस्तर सूचकअनुसार १०१ देखि १५० बीचको अवस्था ‘अस्वस्थकर’ मानिन्छ, जसले संवेदनशील समूहलाई विशेष असर पार्छ। १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर बन्छ भने २०१ देखि ३०० बीचको स्तर ‘अति अस्वस्थकर’ मानिन्छ। योभन्दा माथि पुगेमा अवस्था झन् ‘खतरनाक’ बन्दै जाने ध्यचमि ज्भबतिज इचनबलष्शबतष्यल को मापदण्डमा उल्लेख छ।

हाल काठमाडौँको सूचकांक २१६ पुगेकाले सबै उमेर समूहका मानिसलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य विज्ञहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र घरभित्रै बस्न सुझाव दिएका छन्। साथै, सरकारले पनि प्रदूषण नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।

 
 
 
विहीबार, १० बैशाख २०८३, ११ : ४२

प्रतिक्रिया