घुस प्रकरण:

बजेटका योजनामा कमिसन माग्ने प्रदेश सांसदमाथि विशेष अदालतको कडा फैसला, ४ वर्ष कैद र ३८ लाख जरिवाना

विहीबार, २१ जेठ २०८३, १७ : ०१

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश सभा सदस्य सरोज सिंह घुस लेनदेनसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो।

योजना छनोटका क्रममा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

अदालतले सिंहलाई चार वर्ष कैद सजाय सुनाएको छ। साथै सार्वजनिक पदमा रहेर कसुर गरेको ठहर गर्दै थप एक महिना कैद र ३८ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

त्यसैगरी, उनले प्राप्त गरेको ३८ लाख ५० हजार रुपैयाँ जफत गर्न तथा क्षतिपूर्तिबापत १ लाख ५४ हजार रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न अदालतले आदेश दिएको छ।

 
विहीबार, २१ जेठ २०८३, १७ : ०१

प्रतिक्रिया