प्रलोपाको प्रचार विभाग प्रमुखमा रजमान तामाङ

शनिबार, २३ जेठ २०८३, १० : ०६

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीका नेता रजमान तामाङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

पार्टीको वैशाख १६ र १७ गते बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई प्रचार विभाग प्रमुखमा चयन गर्ने निर्णय गरेको हो।

पार्टीले संगठनको प्रचार–प्रसार तथा जनसम्पर्क गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ तामाङलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।

 
शनिबार, २३ जेठ २०८३, १० : ०६

प्रतिक्रिया