मौसम पूर्वानुमान

हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने

आइतबार, २४ जेठ २०८३, ०७ : ३७

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा आंशिक बादल लागेको छ। 

आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल, मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ । 

आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, मधेस प्रदेश र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आइतबार, २४ जेठ २०८३, ०७ : ३७

प्रतिक्रिया