किरण खनाल बने रास्वपा दाङको सभापति

आइतबार, २४ जेठ २०८३, १३ : ३४

काठमाडौं  - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको जिल्ला सभापतिमा किरण खनाल निर्वाचित भएका छन् । पार्टीभित्र सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि सभापति, उपसभापति, सचिव र सहसचिव पदका लागि निर्वाचन गरिएको हो । जस अनुसार सभापति पदमा १९६ मत प्राप्त गरेर किरण भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी बिनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । त्यसैगरी सभापति पदका उम्मेदवार केदार रजौरेले ६ र किरण आचार्यले २ मत प्राप्त गरेका थिए । सभापति ४ जनाले उम्मेदवारी दिएका थिए ।

यसैगरी उपसभापति पदमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुनिता रावतले ८९ मत प्राप्त गर्नुभएको थियो । सचिव पदमा असिम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए ।

आइतबार, २४ जेठ २०८३, १३ : ३४

प्रतिक्रिया