खेलाडीलाई भिसा दिएको अमेरिकाले कर्मचारीलाई किन दिएन ?

आइतबार, २४ जेठ २०८३, १३ : ५६

इरानले आफ्नो फुटबल टोलीका केही प्रतिनिधिलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जनाउँदै उसमाथि विभेदकारी व्यवहार गरेको र विश्वकप आयोजकको रूपमा आफ्नो दायित्वको उल्लङ्घन गरेको आरोप लगाएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले इरानी प्रतिनिधिमण्डलका १५ जनालाई भिसा दिन अस्वीकार गरेको छ। तर त्यसमा खेलाडीहरू छैनन्।

इरानी खेलाडीलाई आगामी विश्वकपका लागि प्रवेशाज्ञा दिइएको वाशिङ्टनले पुष्टि गरेको केही घण्टा लगत्तै इरानले आफ्नो राष्ट्रिय फुटबल टिमका ‘अभिन्न’ सदस्यहरूलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको आरोप लगाएको हो।

अमेरिकी अधिकारीहरूले जुन १५ तारिखमा लस एन्जलसमा हुने इरानको उद्घाटन खेलभन्दा १० दिनअघि शुक्रवार सबै खेलाडी र ‘आवश्यक सहयोगी स्टाफ’ लाई भिसा दिइएको जनाएका छन्।

इरानलाई ‘झूटो बहानामा आतङ्कवादीहरूलाई अमेरिकामा लुकाउन यो प्रणालीको दुरुपयोग गर्न’ अनुमति नदिइने अमेरिकी अधिकारीहरूको भनाइ छ।

टर्कीस्थित इरानी दूतावासले अमेरिकामाथि ‘खेलकुदमा राजनीतिक पूर्वाग्रहयुक्त हस्तक्षेप’ गरेको आरोप लगाएको छ। आफ्नो टोलीको ‘व्यवस्थापकीय र कार्यकारी कर्मचारीको ठूलो हिस्सा’ र ‘प्राविधिक सल्लाहकार’ लाई भिसा नदिइएको उसको भनाइ छ।

आइतबार, २४ जेठ २०८३, १३ : ५६

प्रतिक्रिया