नयाँ डिम्याट खाताका लागि अब राष्ट्रिय परिचय नम्बर अनिवार्य

आइतबार, २४ जेठ २०८३, १५ : ०९

काठमाडौं- पूँजीबजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन साउन १ गतेदेखि नयाँ डिम्याट (हितग्राही) खाता खोल्दा राष्ट्रिय परिचय नम्बर अनिवार्य हुने भएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनी सञ्चालक समितिको जेठ १३ गतेको निर्णयअनुसार उक्त व्यवस्था लागू गर्न लागिएको हो। नयाँ व्यवस्थाअनुसार साउन १ पछि डिम्याट खाता खोल्ने सबै लगानीकर्ताले राष्ट्रिय परिचय नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

यसअघि खोलिएका डिम्याट खाताको ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्दा पनि राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको सिडिएसले जनाएको छ।

लगानीकर्ताको एकीकृत पहिचान प्रणाली विकास गर्ने, दोहोरो खाता तथा त्रुटिपूर्ण विवरण नियन्त्रण गर्ने उद्देश्यले राष्ट्रिय परिचय प्रणालीलाई पूँजीबजारसँग आबद्ध गर्न लागिएको सिडिएसको भनाइ छ।

सिडिएसले साउनअघि नै राष्ट्रिय परिचय नम्बर प्राप्त गरी आवश्यक विवरण अद्यावधिक गर्न लगानीकर्तालाई आग्रह गरेको छ।

 
आइतबार, २४ जेठ २०८३, १५ : ०९

प्रतिक्रिया