अपडेट

सेयर बजार २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्बमा सीमित

सोमबार, २५ जेठ २०८३, १५ : १५

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा झरेको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा समग्र परिसूचक दबाबमा परेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।

कारोबार भएका कम्पनीमध्ये ४३ वटाको सेयर मूल्य बढ्दा २२१ वटाको घटेको छ भने ६ वटाको मूल्य स्थिर रहेको छ। यस दिन केही कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतसम्म बढेको तथा केहीको ७.१४ प्रतिशतसम्म घटेको देखिएको छ। एक कम्पनीको सेयरमा करिब २० करोड रुपैयाँसम्मको उच्च कारोबार भएको नेप्सेले जनाएको छ।

क्षेत्रगत सूचकतर्फ फाइनान्स समूह बाहेक सबै उपसूचक राताम्मे भएका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहमा गिरावट देखिएपछि समग्र बजार दबाबमा परेको हो।

 
सोमबार, २५ जेठ २०८३, १५ : १५

प्रतिक्रिया