काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडको ४७ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको शेयर सोमबार सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि बाटो खुलेको हो।
सूचीकृत शेयरमध्ये सर्वसाधारणलाई आईपीओमार्फत वितरण गरिएको १४ लाख १० हजार कित्ता अर्थात् ३० प्रतिशत र संस्थापक शेयरधनीहरूको ३२ लाख ९० हजार कित्ता अर्थात् ७० प्रतिशत शेयर रहेका छन्।
नेप्सेका अनुसार कम्पनीको शेयर कारोबार मंगलबार (जेठ २६ गते) देखि दोस्रो बजारमा सुरु हुनेछ। पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरिएको छ।
ओपनिङ रेञ्जभित्र पहिलो कारोबार मूल्य निर्धारण भएपछि नियमित कारोबार सुरु हुनेछ। हालै आईपीओ निष्कासन सम्पन्न गरेको कम्पनीको शेयर सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमार्फत खरिद–बिक्री गर्न सक्नेछन्।
प्रतिक्रिया