काठमाडौं- नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फिफा विश्वकप २०२६ टिभी प्याकेज उपलब्ध गराउने भएको छ ।
विश्व खेलकुदको महाकुम्भ फिफा विश्वकप २०२६ लाई मध्यनजर गर्दै आइपीटीभी ग्राहकहरूका लागि फिफा विश्वकप २०२६ टिभी प्याकेज उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण आइपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।
यसमा आइपीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा ओटीपी प्राप्त हुनेछ । सो ओटीपी टीभी स्क्रिनमा यन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।

आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेट वीथ प्रिमीयम आइटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा मुनिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले फिफा विश्वकप २०२६ टिभी प्याकेज बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् । उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञट३ डायल गर्न सक्नेछन् ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ ।
प्रतिक्रिया