काठमाडौँ- गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ ।
चर्चित गीतकार डीपी खनालको शब्द र लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्।
प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको म्युजिक भिडियोमा सदाबहार अभिनेता आर्यन सिग्देल र जुना सुन्दासको अभिनय रहेको छ बिभोर पोखरेलको निर्देशनमा बनेको भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी, पुरन श्रेष्ठको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
गीतको भिडियोलाई गायक सुरेश कालिकोटेको अफिसियल युट्युब च्यानल (Suresh Kalikotey) मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
प्रतिक्रिया