याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पुरा गर्याे

बुधबार, २७ जेठ २०८३, १३ : ५९

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पुरा गरेको छ । एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ ।

मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ । हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरू याङ्गो राइड प्रयोग गरिरहेका छन् । याङ्गोको मोटो सेवाले पनि उल्लेखनीय वृद्धि हासिल गरेको छ । पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले बढेको छ भने प्लेटफर्मले औसत ३० प्रतिशत मासिक वृद्धि कायम राखेको छ ।

कम्पनीले आफ्ना चालक साझेदारहरूलाई सहयोग गर्न काठमाडौंमा तथा चितवनमा कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यी कार्यक्रमहरूमा उत्कृष्ट चालकहरूलाई सम्मान गर्नुका साथै विभिन्न तालिम र प्रोत्साहनका अवसरहरू प्रदान गरिएको थियो ।

Screenshot 2026-06-10 135411

यस अवसरमा याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, “यो उपलब्धि हाम्रा प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो । हामी सबैप्रति आभारी छौं र आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा थप अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौं ।

नेपालमा राम्रो प्रतिक्रिया पाएपछि याङ्गो नेपालले कार्गो तथा डेलिभरी सेवा पनि सुरु गरेको छ, जसले काठमाडौंमा डेलिभरीलाई थप सहज बनाएको छ ।

दोस्रो वर्षमा प्रवेश गर्दै याङ्गो राइडले सेवा गुणस्तर सुधार, साझेदारहरूका लागि थप अवसर सिर्जना तथा नेपालको डिजिटल मोबिलिटी क्षेत्रको विकासमा योगदान जारी राख्ने लक्ष्य लिएको छ ।
 

बुधबार, २७ जेठ २०८३, १३ : ५९

प्रतिक्रिया