ब्रिटिस ब्राण्ड र विश्वसनीयताको प्रतीक ‘गुडम्यान्स’ अब नेपाली बजारमा

शुक्रबार, २९ जेठ २०८३, १५ : ५३

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत सि जी इलेक्ट्रोनिक्सले बेलायती ब्राण्ड गुडम्यान्स भित्र्याएको छ । सन् १९२३ देखि अडियो तथा इलेक्ट्रोनिक्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको बेलायती ब्राण्ड गुडम्यान्स (Goodmans) अब नेपाली उपभोक्तामाझ आधुनिक तथा गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनसहित उपस्थित भएको हो ।

गुडम्यान्सले सुरुवात अडियो स्पिकर उत्पादनबाट गरेको भए पनि आज यो विश्वव्यापी रूपमा विभिन्न इलेक्ट्रोनिक्स तथा घरेलु उपकरणहरूको विश्वसनीय ब्राण्डको रूपमा स्थापित भइसकेको छ । उच्च गुणस्तर, आकर्षक डिजाइन र किफायती मूल्यलाई प्राथमिकता दिँदै आएको गुडम्यान्सले विश्वका विभिन्न देशहरूमा आफ्नो सफल उपस्थिति विस्तार गरिसकेको छ ।

ब्राण्डले हाल राइस कुकर, केटल, आइरन, ब्लेन्डर तथा जुसर एक्स्ट्र्याक्टर, स्टिक ब्लेन्डर तथा ह्यान्ड मिक्सर, कफी, टोस्टर तथा स्यान्डविच मेकर, पर्सनल केयर र अडियो जस्ता उपकरण लगायतका विविध उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । आधुनिक जीवनशैलीलाई सहज, स्मार्ट र सुविधाजनक बनाउने उद्देश्यसहित गुडम्यान्सले नयाँ प्रविधिमा आधारित उत्पादनहरू विकास गर्दै आएको जनाइएको छ ।

गुडम्यान्सले आफ्ना उत्पादनमार्फत उपभोक्तालाई गुणस्तरीय अनुभव प्रदान गर्नुका साथै दीर्घकालीन विश्वास निर्माण गर्ने लक्ष्य राखेको छ । नेपाली बजारमा पनि अन्तर्राष्ट्रिय स्तरको प्रविधि तथा उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

विश्व बजारमा स्थापित ब्राण्डको रूपमा रहेको गुडम्यान्सले नेपाली उपभोक्ताको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नवीनतम प्रविधियुक्त तथा उपयोगी उत्पादनहरू निरन्तर बजारमा ल्याउने योजना बनाएको छ ।

 

शुक्रबार, २९ जेठ २०८३, १५ : ५३

प्रतिक्रिया