स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

मोहनकुमार डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, को-को छन् अन्य पदाधिकारी ?

शनिबार, ३० जेठ २०८३, १० : २१

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यरात सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ।

संस्थाको विधानअनुसार मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्याल २६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिले आगामी कार्यकालमा निजी ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनका लागि नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।

शनिबार, ३० जेठ २०८३, १० : २१

प्रतिक्रिया