काठमाडौं- विश्वकप फुटबलको माहोल विश्वभर नै तातेका बेला, अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर टिपी२००के र टिपी३००के सार्वजनिक गरेको छ । शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएका हुन् ।
फुटबल समर्थकहरूका लागि खेल हेर्नु मात्र होइन, त्यसको माहोल अनुभव गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यही अनुभवलाई घरमै जीवन्त बनाउन टिसिएलका यी नयाँ स्पिकरहरूले स्टेडियमको जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेका छन् । गोलको गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ ।
टिपी२००के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि उपयुक्त स्पिकर हो । २२०W अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोडले मनोरञ्जनलाई थप आकर्षक बनाउँछन् ।

त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टिसिए टिपी३००के उत्कृष्ट विकल्प हो । ३४०W सम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमले ठूला जमघट तथा आउटडोर सेलिब्रेसनलाई नयाँ स्तरमा पुर्याउँछ । ८ वटा आकर्षक लाइट शो मोडहरूले खेल जितेको खुसीयालीलाई अझ भव्य बनाउने काम गर्छन् ।
दुवै मोडलमा Bluetooth ५.४, Bass Boost, Wireless Party Link (TWS) तथा IPX४ Water Resistance जस्ता आधुनिक सुविधाहरू समावेश छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्छन् ।
साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउँछ ।
विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टिसिएलले टिपी२००के र टिपी३००के नेपाली बजारमा ल्याएको हो । चाहे साथीभाइसँगको फुटबल नाइट होस्, पारिवारिक समारोह होस् वा सप्ताहन्तको पार्टी, यी स्पिकरहरूले हरेक क्षणलाई अझ रोमाञ्चक र स्मरणीय बनाउने विश्वास टिसिएलले लिएको छ ।
टिसिएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक हो । नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइनमार्फत टिसिएलले विश्वभरका उपभोक्तालाई स्मार्ट तथा अर्थपूर्ण मनोरञ्जन अनुभव प्रदान गर्दै आइरहेको छ । नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया