८१०० एमएएच ब्याट्री सहितको भिभो वाई५०० सार्वजनिक

सोमबार, १५ असार २०८३, १२ : ५७

काठमाडौं- भिभोले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई५०० सार्वजनिक गरेको छ । आकर्षक नेबुला विन्डो क्यामेरा मोड्युल डिजाईन सहित आएको यो स्मार्टफोन पर्ल वाईट र मिड नाईट ब्लु गरी दुई स्टाइलिस रंगमा उपलब्ध छ । 

आधुनिक सौन्दर्यशास्त्र र उत्कृष्ट क्राफ्टम्यानशिपको संयोजन रहेको भिभो वाई५००मा स्लिम तथा एर्गोनोमिक डिजाइन प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई सहज ग्रिप र प्रिमियम अनुभव प्रदान गर्छ ।

भिभो वाई५०० को सबैभन्दा ठूलो विशेषता यसको शक्तिशाली ८१०० एमएएच ब्लुभोल्ट ब्याट्री हो, जुन भिभाको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमता हो । यसले यस सेग्मेन्टमा प्रयोगकर्ताले अपेक्षा गर्ने भन्दा धेरै उच्च स्तरको ब्याट्री ब्याकअप प्रदान गर्छ ।

यो विशाल ब्याट्रीलाई ६ वर्षसम्मको हेल्थ ग्यारेन्टी र ५० महिनासम्मको स्मुथ एक्सप्रेरियन्स सर्टिफिकेसनले थप विश्वसनीय बनाएको छ । भिभोको सेल्फ डिभेलप्ड स्पेस स्टाकिङ्ग टेक्नोलोजी तथा म्याजिक क्युब एक्सपान्सन प्याकेजिङ्गको प्रयोगले यति ठूलो ब्याट्रीलाई पनि स्लिम बडीभित्र प्रभावकारी रूपमा समेट्न सम्भव बनाएको छ । 

यसले प्रयोगकर्तालाई एक पटकको चार्जमा लगातार १० घण्टासम्म गेमिङ गर्ने सुविधा प्रदान गर्छ ।  चाहे यात्रा होस्, मनोरञ्जन, अध्ययन वा दैनिक कार्य, भिभो वाई५०० ले दिनभर निर्बाध साथ दिने भएकाले ब्याट्री सकिने चिन्ता हटाइदिन्छ ।

भिभो वाई५०० मा फ्ल्यागशिप स्तरको १.५के ईन्फिनीटी एमोलेड डिस्प्ले उपलब्ध छ, जसले एजडिआर १०+ भिजुअल एक्सपेरियन्स, १२० हर्ज रिफ्रेश रेट तथा ५००० निट्स पिक
ब्राइटनेसले प्रदान गर्छ । यसका कारण भिडियो हेर्दा, गेम खेल्दा वा अन्य सामग्री उपभोग गर्दा
प्रयोगकर्ताले जीवन्त रंग, अत्यन्तै स्मुथ अनुभव तथा उत्कृष्ट दृश्य गुणस्तर प्राप्त गर्छन् । 

साथै, डुअल स्टेरियो स्पीकरले अझ उत्कृष्ट अडियो–भिजुअल अनुभव सुनिश्चित गर्छ । यो स्मार्टफोन सिक्स् एनएम अल्ट्रा स्मुथ प्रोसेसरद्वारा सञ्चालित छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ तथा क्याजुअल गेमिङलाई सहज र स्मुथ बनाउँछ । प्रयोगकर्ताले लामो समयसम्म पनि कुनै प्रकारको ल्याग बिना उत्कृष्ट प्रदर्शन अनुभव गर्न सक्छन् ।

दिगोपन र विश्वसनीयतालाई प्राथमिकता दिँदै भिभो वाई ५०० मा आईपी६८ तथा आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता र अन्डरवाटर फोटोग्राफी मोडले प्रयोगकर्तालाई
पानीभित्र समेत निर्धक्क रूपमा उत्कृष्ट तस्बिर तथा भिडियो खिच्ने अवसर दिन्छ । फोटोग्राफी अनुभवलाई थप उत्कृष्ट बनाउन भिभो वाई ५०० मा ५० मेगापिक्सेल उल्ट्रा क्लीअर मेन क्यामेरा तथा ३२ मेगापिक्सेल फ्रन्ट क्यामेरा जडान गरिएको छ, जसले प्रत्येक क्षणलाई उच्च स्पष्टता र उत्कृष्ट विवरणसहित कैद गर्न सक्षम बनाउँछ ।

आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, सहज प्रदर्शन र दीर्घकालीन विश्वसनीयता खोज्ने उपभोक्ताका लागि भिभो वाई ५०० मा एक उत्कृष्ट विकल्प बनेर आएको छ । मनोरञ्जन, सामाजिक सञ्जाल, अध्ययन वा उत्पादकता—हरेक आवश्यकतामा सहज रूपमा अनुकुल हुने यो स्मार्टफोनको ८+१२८ भेरियन्टको नेपाली बजार मूल्य रु. ५४,९९९ तोकिएको छ भने ८+२५६ भेरियन्टको मूल्य रु. ६१,९९९ निर्धारण गरिएको छ । यो स्मार्टफोन देशभरका आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाईन मार्फत खरिद गर्न सकिनेछ ।
 

सोमबार, १५ असार २०८३, १२ : ५७

प्रतिक्रिया