काठमाडौं- साताको कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक १९.६७ अङ्कले घटेर २६०१.९२ विन्दुमा ओर्लिएको हो ।
बजारमा गिरावट आए पनि कारोबार रकम सामान्य देखिएको छ । आज बजारमा कुल ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा तीव्र गिरावट देखिँदा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । जम्मा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
घटेको बजारमा सबै समूहमा गिरावट आएको छ । आज सबैभन्दा धेरै ट्रेडिङ क्षेत्रमा गिरावट २.३६ प्रतिशतले घट्दा विकास बैंक, उत्पादनमूलक उद्योग र म्युचुअल फन्डको मूल्य पनि एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १२.६८ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै स्नो रिभर लिमिटेडका मूल्य ११.७६ प्रतिशतले बढेको छ । मूल्यमा सबैभन्दा धेरै गिरावट भने बैंक अफ काठमाण्डूको डिवेञ्चरको भएको छ । यसको मूल्य ८.६६ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनीमा ग्लोबल आईएमई बैंकको ऋणपत्र अग्रस्थानमा छ, जसको ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सिद्धार्थ बैंक, बैंक अफ काठमाडौँको ऋणपत्रहरू क्रमशः २८ करोड ६५ लाख र को २० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया