काठमाडौं– ठमेल पर्यटन विकास परिषद्को असार २७ गते शनिबार हुन लागेको निर्वाचनमा राजुमान डंगोल समूहले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष राजुमान डंगोल समूहले आफ्नो उम्मेदवारको परिचय तथा आफू नेतृत्वमा पुगेपछि गर्ने कामबारे आम मतदातालाई जानकारी गराएको हो ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारी, परिषद्का अध्यक्ष धुब्र अधिकारी, पूर्व अध्यक्षहरु भविश्वर शर्मा, समिर गुरुङ, प्रकाशनरसिंह राणा, वरिष्ठ पत्रकार ऋृषि धमलालगायतको उपस्थितीमा आफ्ना उम्मेदवालाई आम मतदातामाझ चिनाएको हो ।
यी हुन् डंगोल समूहका उम्मेदवार
राजुमान डङ्गोल
अध्यक्ष
ठमेल क्षेत्रका स्थानीयवासी तथा घरधनी राजुमान डङ्गोल अनुभवी पर्यटन व्यवसायी, सफल उद्यमी र सक्रिय सामाजिक व्यक्तित्व हुन् । उनि हिमालयन थाङ्काका निर्देशक हुनुका साथै ठमेल पर्यटन विकास परिषद कार्यसमिति सदस्य, सचिव, लगातार दुई कार्यकाल महासचिव तथा तीन कार्यकाल उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेबा छन् ।
परिषदमा लामो अनुभव हाँसिल गरेका डङ्गोल विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थासँग पनि उत्तिकै सक्रिय रूपमा आबद्ध छन् । उनि मिलिजुली उपभोक्ता समितिका पूर्व सचिव, श्री छ्याँस्स अजिमा खलःका पूर्व सचिव, ल्हाम पुंच मचकवका सल्लाहकार, ठमेल नर्सिङ क्याम्प सुधार समितिका सल्लाहकार तथा ठमेल युनाइटेड लाइन्सका पूर्व अध्यक्ष रहिसकेका छन् । पर्यटन, संस्कृति, सम्पदा संरक्षण र स्थानीय समुदायको समृद्धिलाई एकसाथ अघि बढाउने स्पष्ट दृष्टिकोणका साथ उनि अध्यक्ष पदका प्रत्याशी हुन् ।
प्रथम उपाध्यक्ष पदका उम्मेदवार
राजीव पाण्डे
नुवाकोट स्थायी घर भई विगत १५ वर्षदेखि ठमेल क्षेत्रमा सक्रिय पर्यटन तथा हस्तकला व्यवसायी राजीव पाण्डे परिषद्का अनुभवी नेतृत्वमध्ये एक हुन् । उनि काष्ठमण्डप ह्याण्डीक्राफ्ट, ओमशंकर ह्याण्डीक्राफ्ट, मनकामना टी हाउस तथा स्टुडेन्ट इन्टरप्राइजेजका सञ्चालक हुन् । ठमेल पर्यटन विकास परिषद सदस्य, महासचिव तथा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएका पाण्डे ठमेल गाहिटी युवा क्लबका पूर्व कोषाध्यक्ष पनि हुन् । २५ भन्दा बढी देशको भ्रमणबाट प्राप्त अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको पर्यटन विकासमा उपयोग गर्ने उनको प्रतिबद्धता रहेको छ । व्यवसायसँगै सामाजिक सेवामा निरन्तर सक्रिय पाण्डे प्रेरणादायी युवा अभियन्ताका रूपमा परिचित छन् ।
द्वितीय उपाध्यक्ष पदका उम्मेदवार
दावाङ तामाङ (दावा)
नुवाकोट स्थायी घर भएका दावाङ तामाङ (दावा) विगत दुई दशकदेखि ठमेल क्षेत्रमा सफल पर्यटन व्यवसाय सञ्चालन गर्दै सयौँ व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन् ।
उनि फायर क्लब, नगरकोट दोहोरी साँझ, फायर क्याफे, पाटन अस्पताल तथा होटल–रेष्टुरेन्ट व्यवसायका सञ्चालक हुन् । सामाजिक सेवाप्रति समर्पित तामाङ किवानीयन, लायन्स क्लब, विद्यालय व्यवस्थापन समिति लगायत दर्जनौँ संघ–संस्थामा नेतृत्वदायी भूमिकामा आबद्ध छन् । दर्जनौँ देशको भ्रमणबाट हाँसिल गरेको अनुभवलाई नेपालको पर्यटन क्षेत्रमा लागू गर्दै आधुनिक, प्रतिस्पर्धी र गुणस्तरीय पर्यटन विकासमा उनि निरन्तर सक्रिय छन् ।
तृतीय उपाध्यक्ष पदका उम्मेदवार
चेतनाथ पुडासैनी (दीपक)
गोरखा स्थायी घर भई विगत २५ वर्षदेखि ठमेल क्षेत्रमा सक्रिय पर्यटन व्यवसायी चेतनाथ पुडासैनी (दीपक) स्काई लाइन होटल तथा ठमेल इको होमका निर्देशक हुन् । मानवशास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक अध्ययन पूरा गरेका पुडासैनी व्यवसायिक दक्षता, शैक्षिक योग्यता र सामाजिक सक्रियताका कारण ठमेल क्षेत्रको परिचित व्यक्तित्वका रूपमा स्थापित छन् ।
महासचिव पदका उम्मेदवार
पशुपति कँडेल
धादिङको ज्वालामुखी गाउँपालिका स्थायी घर भई विगत १५ वर्षदेखि ठमेलमा व्यवसाय गर्दै आएका पशुपति कँडेल काठमाडौं आगन्तुक होटल तथा अतिथि होटल एण्ड अपार्टमेन्टका सञ्चालक हुन् ।
व्यवस्थापन संकायमा स्नातकोत्तर कँडेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्यकारी पदमा रही जिम्मेवारी सम्हाल्दै आएका छन् । उनि दर्जनौं सामाजिक संस्थामा क्रियाशिल छन् । विं.सं २०७२ सालको महाभूकम्प, कोरोना महामारीलगायत विभिन्न विपद्का समयमा आर्थिक तथा भौतिक सहयोगमार्फत उल्लेखनीय सामाजिक योगदान दिएका थिए ।
उनकै सक्रियतामा आगन्तुक होटलमा नियमित रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । रचनात्मक सोच, व्यवस्थापकीय क्षमता र सामाजिक उत्तरदायित्वका कारण उनि सक्रिय तथा लोकप्रिय व्यक्तित्वका रूपमा परिचित छन् ।
सचिव पदका उम्मेदवार
दिलिप कँडेल (मिलन)
गोरखा स्थायी घर भएका दिलिप कँडेल (मिलन) विगत १५ वर्षदेखि ठमेल क्षेत्रमा पर्यटन तथा आतिथ्य व्यवसायमा सक्रिय छन् । डोको रेष्टुरेन्ट र पुरानो घर रेष्टुरेन्टबाट व्यवसायिक यात्रा सुरु गरेका उनले हाल केभ अफ द ड्रिम्स, केभ अफ द ड्रिम्स रेष्टुरेन्ट, स्पोट्र्स बार, शिल्ड सेक्युरिटी गोर्खा फोर्स तथा अन्नपूर्ण माउन्टेन गियर्सका सञ्चालक हुन् । पूर्व क्योकुसिन कराते खेलाडी कँडेल हाल ठमेल भगवती क्लबका सचिवका रूपमा समेत सक्रिय रहँदै आएका छन् ।
कोषाध्यक्ष पदका उम्मेदवार
किन्चु लामु भुटिया (श्रेष्ठ)
किन्चु लामु भुटिया (श्रेष्ठ) सफल महिला उद्यमी, पूर्व विमान परिचारिका तथा महिला सशक्तीकरणकी सक्रिय सामाजिक अभियन्ता हुन् । उनले झण्डै एक दशक जेट एयरवेज र कतार एयरवेजमा विमान परिचारिकाका रूपमा सेवा गरेकी छिन् । नेपालको पश्मिना उद्योगमा १० वर्ष लामो अनुभव सम्हालेकी भुटिया ठमेलमा रेड कास्मिर तथा किन्चुज किचेन (टेस्ट अफ सिक्किम) रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी छिन् । उनि वुमन इन पश्मिना (ध्क्ष्ए) तथा नेपाल प्राकृतिक रेशा संघको केन्द्रीय कार्यसमिति सदस्य हुन् ।
तीन दर्जनभन्दा बढी देशको भ्रमण गरिसकेकी भुटियाले हवाई उड्डयन विषयमा स्नातक उत्तीर्ण गरेकी छिन् । उनि ठमेल पर्यटन विकास परिषद् त्रिदेवी मार्ग उपसमितिकी सचिवका रूपमा पनि सक्रिय रहँदै आएकी छिन् ।
सदस्य पदका उम्मेदवारहरू
सुरेन्द्र डङ्गोल
ठमेल क्षेत्रका स्थानीयवासी तथा घरधनी सुरेन्द्र डङ्गोल विगत ३५ वर्षदेखि रुट नेपाल ह्याण्डिक्राफ्ट तथा लभ्ली इन्सेन्स सञ्चालन गर्दै आएका सफल व्यवसायी हुन् । नेपाल क्योकुसिन कराते एसोसिएसन (युनियन ग्रुप जापान) का संस्थापक अध्यक्ष तथा परिषद्को क्वाहावहाल उपसमितिका अध्यक्ष रहँदै उनले ठमेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । साथै, जेपी स्कुल र क्षेत्रपाटी सिम्रिक युवा क्लबमा कराते प्रशिक्षकका रूपमा समेत सेवा दिँदै आएका छन् ।
कृष्णबहादुर सेढाईँ
नेपाल आर्ट एण्ड क्युरियो (ह्याण्डिक्राफ्ट) व्यवसायमार्फत विगत ३५ वर्षदेखि ठमेल क्षेत्रमा सक्रिय कृष्णबहादुर सेढाईँ परिषद्को चाक्सीबारी उपसमितिका पूर्व संयोजक हुन् । स्नातकसम्म अध्ययन गरेका उनि व्यवसायमैत्री वातावरण निर्माण र पर्यटन प्रवद्र्धनका लागि निरन्तर क्रियाशील रहेका छन् ।
विश्वमान प्रधान
ठमेल क्षेत्रका स्थानीयवासी तथा घरधनी विश्वमान प्रधान अपार्टमेन्ट सञ्चालक तथा किचेन इक्विपमेन्ट सप्लाई व्यवसायी हुन् । पूर्व बास्केटबल खेलाडी प्रधान युवा पुस्ताका प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छन् ।
सानुकाजी महर्जन
स्थानीयवासी तथा घरधनी सानुकाजी महर्जन रेष्टुरेन्ट तथा स्विमिङ पुल व्यवसायी हुन् । झण्डै एक दर्जन देशको भ्रमण गरिसकेका उनले यसअघि परिषद्को कार्यसमिति सदस्यका रूपमा पनि सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
बालकृष्ण खनाल
काभ्रेमा जन्मनुभएका बालकृष्ण खनाल ठमेल क्षेत्रका स्थापित पर्यटन व्यवसायी हुन् । एक दशकभन्दा लामो समयदेखि नमोबुद्ध ह्याण्डिक्राफ्ट सञ्चालन गर्दै आएका उनले दर्जनौँ युवालाई रोजगारी उपलब्ध गराउँदै पर्यटन व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
चन्द्रा तामाङ
धादिङको धार्केमा जन्मनुभएकी चन्द्रा तामाङ सफल रेष्टुरेन्ट तथा स्पा व्यवसायी हुन् । जापानसहित १५ भन्दा बढी देशको भ्रमण गरिसकेकी उनले वेलनेस टुरिजममा अन्तर्राष्ट्रियस्तरको तालिम हासिल गरी नेपालको वेलनेस पर्यटन प्रवद्र्धनमा सक्रिय योगदान दिँदै आएकी छिन् । स्पा एसोसिएसन नेपालकी केन्द्रीय कार्यसमिति सदस्य तथा महिला सशक्तीकरणकी अभियन्ताका रूपमा पनि उनि परिचित छिन् ।
रोशन प्रधान श्रेष्ठ
ठमेल क्षेत्रका स्थानीयवासी तथा घरधनी रोशन प्रधान श्रेष्ठ विगत करिब २५ वर्षदेखि एभरेष्ट मार्ट डिपार्टमेन्ट स्टोर तथा ट्राभलेक्स मनि एक्सचेञ्ज सञ्चालन गर्दै आएका सफल युवा उद्यमी हुन् । ठमेललाई अझ व्यवस्थित, सुरक्षित र नमूना पर्यटकीय गन्तव्य बनाउने स्पष्ट दृष्टिकोणका साथ उनि चुनावी मैदानमा उत्रिएका छन् ।
लिजा मानन्धर
स्थानीयवासी तथा घरधनी लिजा मानन्धर सफल महिला उद्यमी तथा महिला सशक्तीकरणकी सक्रिय अभियन्ता हुन् । पर्यटन, उद्यमशीलता र महिला नेतृत्वलाई सुदृढ बनाउँदै ठमेललाई अन्तर्राष्ट्रियस्तरको नमूना पर्यटकीय नगरका रूपमा विकास गर्ने प्रतिबद्धताका साथ उनि उम्मेदवार छिन् ।
उक्त समूहले आफ्नो उम्मेदवारलाई भोट हाली विजय गराउनसमेत सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया