काठमाडौं- आर्थिक वर्ष २०८२र८३ को बजेटअन्तर्गत सरकारी भुक्तानीको अन्तिम दिन सरकारले ३३ अर्बभन्दा बढी रकम निकासा गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानीका लागि प्रयोग हुने ‘सूत्र’ प्रणाली बन्द हुनुअघि असार २५ गते मात्रै कुल ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको हो।
खर्चको विवरणअनुसार चालू खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ।
अन्तिम दिन पुँजीगत खर्चको भुक्तानी सबैभन्दा बढी भएको देखिएको छ। आर्थिक वर्ष समाप्त हुनुअघि बाँकी दायित्व फर्छ्योट गर्न सरकारी निकायहरूले ठूलो परिमाणमा भुक्तानी गर्ने परम्परा अनुसार यस वर्ष पनि अन्तिम दिन उच्च रकम निकासा भएको हो।
प्रतिक्रिया