‘आविष्कार २६’ मा इन्नोभेक्स एमआईटीको दबदबा, रोबो वार र एक्वा रश दुवैमा प्रथम

शुक्रबार, २६ असार २०८३, १४ : ४३

काठमाडौं- एमआईटीको रोबोटिक्स तथा इन्टरनेट अफ थिङ्स (आईओटी) क्लब इनोभेक्स एमआईटी ले काठमाडौं विश्वविद्यालयद्वारा आयोजित ‘आविष्कार २६’ प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै १५ केजी रोबो वार र एक्वा रश दुवै विधामा प्रथम स्थान प्राप्त गरेको छ।

काठमाडौं विश्वविद्यालयमा साउन २२ र २३ गते (जुलाई ७–८) आयोजित उक्त प्रतियोगितामा इन्नोभेक्स एमआईटीले दुई विधामा उपाधि जित्दै आफ्नो प्राविधिक क्षमता र नवप्रवर्तनशील सोचको उत्कृष्ट प्रदर्शन गरेको हो।

क्लब स्थापना भएको छोटो समयमै प्राप्त भएको यो सफलता टोलीको समर्पण, प्राविधिक दक्षता र सिर्जनशीलताको प्रतीकका रूपमा हेरिएको छ। दुई विधामा हासिल भएको यो जितले इन्नोभेक्स एमआईटीको सफल सुरुवात मात्र होइन, नेपालको रोबोटिक्स तथा इन्जिनियरिङ क्षेत्रमा यसको बढ्दो प्रभावसमेत उजागर गरेको छ।

यस उल्लेखनीय उपलब्धिका लागि इन्नोभेक्स एमआईटीको सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ।

शुक्रबार, २६ असार २०८३, १४ : ४३

प्रतिक्रिया