गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र क्षतिपूर्तिको व्यवस्था गर्न प्रलोपाको माग

शुक्रबार, २६ असार २०८३, १५ : ०५

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले मुगुका गणेश नेपालीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

पार्टीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै रोजगारीको सिलसिलामा काठमाडौं आएका नेपालीको मृत्युले राज्यको नागरिकप्रतिको दायित्व र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। पार्टी प्रवक्ता लक्ष्मी गुरुङद्वारा जारी वक्तव्यमा गरिब तथा श्रमिक वर्गमाथि राज्यका निकायबाट हुने व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

प्रलोपाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै नागरिकको जीवन, सम्मान र सुरक्षाको प्रत्याभूति दिलाउने दायित्व राज्यको भएकाले यस्ता घटनाबाट पाठ सिकेर प्रशासनिक तथा नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

शुक्रबार, २६ असार २०८३, १५ : ०५

प्रतिक्रिया