काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो।
आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चरको ८९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
शुक्रबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी कमाइ गरेका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।
बजार सामान्य अंकले घटे पनि कारोबार रकम भने ६ अर्ब ८६ करोड रुपैयाँ नाघेकाले लगानीकर्ताको सक्रियता कायमै रहेको देखिएको छ।
प्रतिक्रिया