भोलिको भविष्यका सर्जकलाई सम्मान गर्दैः एशियन पेन्ट्स क्यालिडोस्कोप २०८२–८३ पुरस्कार वितरण समारोह सम्पन्न

आइतबार, २८ असार २०८३, १२ : २५

काठमाडौं — एशियन पेन्ट्स नेपालले क्यालिडोस्कोप – अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३ को १३औँ संस्करणको पुरस्कार वितरण कार्यक्रम २६ असार २०८३ मा एलोफ्ट बाई मेरियट, ठमेल, काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ । 

युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिक अध्ययन र व्यावसायिक अभ्यास बीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ ।

कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । साथै नेपाल सरकार, शहरीविकास तथा भवन निर्माण विभाग, सोसाइटी अफनेपाली आर्किटेक्ट्स, नेपाल इञ्जिनियर्स एसोसिएसन, इन्टेरियर डिजाइनर्स एसोसिएसन नेपाल, फेडेरेशन अफ कन्ट्र्याक्टर्स एसोसिएसन अफ नेपाल, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फम्र्स , देशका प्रतिष्ठित शैक्षिक संस्थाका प्राध्यापकहरू, ख्यातिप्राप्त आर्किटेक्टहरू, इन्टेरियर डिजाइनरहरू तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

IMG_6327.JPG

क्यालिडोस्कोप नेपालका भावी वास्तुकार तथा आन्तरिक डिजाइनरहरूलाई वास्तविक परियोजना मार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो । प्रतियोगिताले विद्यार्थीहरूलाई उद्योगको वास्तविक कार्यपरिवेश सँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मक क्षमता तथा पेशागत तयारीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउँदै आएको छ ।

यस वर्षको प्रतियोगिताले नेपालका उदीयमान डिजाइन प्रतिभाहरूको जोश, सिर्जनशीलता र समर्पणलाई सम्मान गरेकोथियो । प्रतिष्ठित वरिष्ठ आर्किटेक्टहरू, सोसाइटी अफ नेपाली आर्किटेक्ट्सका प्रतिनिधिहरू तथा शहरी विकास तथाभवन निर्माण विभागका पदाधिकारीहरू सम्मिलित निष्पक्ष निर्णायक मण्डलद्वारा बहु–चरणीय मूल्याङ्कन प्रक्रिया मार्फत उत्कृष्ट डिजाइनहरूको छनोट गरिएको थियो ।

असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने शीर्ष ३विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षको प्रतियोगितामा नेपालका प्रतिष्ठित प्राविधिक शैक्षिक संस्थाहरूबाट सहभागी भएका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शनगरेका थिए । आईओई, थापाथली क्याम्पसका श्री पुरुषोत्तम घिमिरेले विजेताको उपाधि हासिल गर्न सफल भए । 

IMG_6326.JPG

आईओई, पूर्वाञ्चल क्याम्पसका श्री सुमन बि.के. लेप्रथम उपविजेताको स्थान हासिल गरे भने हिमालय कलेज अफ इन्जिनियरिङकी सुश्री अदितीरिजाल द्वितीय उपविजेता घोषित भएका छन् । उनिहरूको सिर्जनात्मक दृष्टिकोण, नवीन डिजाइन अवधारणा तथा प्राविधिक दक्षताले नेपालका भावी वास्तुकार तथा डिजाइनरहरूको उज्ज्वल सम्भावनालाई प्रतिबिम्बित गरेको छ ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विजेता डिजाइनको थ्रीडी मोडेल सार्वजनिक गरिएको थियो, जसले विद्यार्थीहरूको कल्पनाशीलता र मेहनतलाई जीवन्त रूप दिएको थियो । साथै विजेता अवधारणात्मक डिजाइनलाई शहरी विकास तथा भवन निर्माण विभाग समक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो, जसले शैक्षिक सिर्जनशीलतालाई वास्तविक विकाससँग जोड्ने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेकोछ ।

एशियन पेन्ट्स नेपाल शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै युवा प्रतिभाहरूलाई सिर्जनात्मक अवसर मार्फत सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहेको छ । क्यालिडोस्कोपको १३औँ संस्करण प्रेरणा, मार्गदर्शन, नवप्रवर्तन र उत्कृष्टताको यात्रामा अर्को महत्वपूर्ण कोशेढुङ्गा बन्नसफल भएको छ ।
 

आइतबार, २८ असार २०८३, १२ : २५

प्रतिक्रिया