६ महिनाकै न्यून स्तरमा नेप्से

लगातार दबाबमा सेयर बजार : बालेन सरकार गठनपछि नेप्सेमा ३५० अंकको गिरावट, 'पर्ख र हेर' मा लगानीकर्ता

आइतबार, २८ असार २०८३, १३ : ०४

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० बिन्दुमा झर्दै ६ महिनायताकै न्यून स्तरमा पुगेको छ। नयाँ सरकार गठन, बजेट र मौद्रिक नीति सार्वजनिक भए पनि सेयर बजारमा अपेक्षित उत्साह देखिएको छैन।

बालेन्द्र शाह नेतृत्वको सरकार गठनअघि चैत १२ गते २९५०.१६ बिन्दुमा रहेको नेप्से हाल करिब ३५० अंक घटिसकेको छ। बजेटमा सेयर बजार सुधारका विभिन्न व्यवस्था र पुँजीगत लाभकरलाई अन्तिम कर बनाइए पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छैन।

त्यस्तै, राष्ट्र बैंकको मौद्रिक नीतिपछि पनि बजार लगातार तीन कारोबार दिन घटेको छ। मौद्रिक नीति सार्वजनिक भएयता मात्रै नेप्से ५१ अंकले ओरालो लागेको छ।

बजार विश्लेषकहरूका अनुसार नीतिगत व्यवस्थाभन्दा लगानीकर्ताको मनोबल कमजोर हुनु, व्यवसायीमाथिको कारबाही, सेयर धितो कर्जासम्बन्धी व्यवस्था तथा असार मसान्तको सेटलमेन्ट दबाबका कारण बजारमा बिक्री चाप बढेको छ।

आइतबार, २८ असार २०८३, १३ : ०४

प्रतिक्रिया