मीटरब्याज पीडितको ‘न्यायमार्च’ काठमाडौं आउँदै

आइतबार, २८ असार २०८३, १५ : २५

काठमाडौं - जनकपुरबाट काठमाडौंसम्म पैदल मार्चमा हिँडेका पीडितहरू आज चौंथो दिन सर्लाहीको लालबन्दी आइपुगेका छन् । गत आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो चुनावी सभा गरेको जनकपुरको तिरहुतियागाछीबाट उनीहरूले पैदल मार्च थालेका हुन् ।

निर्वाचनकोबेला प्रधानमन्त्री बालेन्द्र साहले मीटरब्याज पीडितको समस्या अबिलम्ब समाधान गर्ने प्रतिवद्धता जनाउँदै भोट मागेका थिए । तर, सरकारमा पुगेको सय दिनमा समस्या समाधानमा गर्नु त परैको कुरा उल्टै वेवास्ता गरिएपछि पीडितहरूले सांकेतिकरूपमा तिरहुतियागाछीबाटै पैदल यात्रा शुरु गरेका हुन् । 

सरकारलाई खबरदारी गर्न झोलामा खानेकुराको जोहो गरेर हिँडेका ३५ जिल्लाका पीडितहरू साउन दोस्रो साता काठमाडौं आइपुग्ने छन् । आज लालबन्दीबाट काठमाडौँतर्फ अघि बढेका उनीहरू माइतीघर मण्डला आएर आन्दोलन गर्ने योजनामा छन् । 

 

आइतबार, २८ असार २०८३, १५ : २५

प्रतिक्रिया