नेपाल बीमा प्राधिकरण

बीमा क्षेत्रको फड्को : ५१ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १० खर्ब रुपैयाँ नाघ्यो बीमा कोष

मंगलबार, ३० असार २०८३, १३ : ००

काठमाडौं- नेपाल बीमा प्राधिकरणले देशको बीमा पहुँच ५१ प्रतिशत नाघेको र बीमा क्षेत्रको कुल कोष १० खर्ब रुपैयाँभन्दा बढी पुगेको जनाएको छ।

अर्थ समितिको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिए। जेठ मसान्तसम्म २ खर्ब २३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन भएको र ६६ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिएको उनले बताए।

प्राधिकरणका अनुसार बीमा क्षेत्रको जीडीपीमा योगदान ३.६९ प्रतिशत पुगेको छ भने यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४ लाखभन्दा बढीलाई रोजगारी दिएको छ। साथै, चालु आर्थिक वर्षमा १८ बीमा कम्पनीलाई कारबाही, ७९ वटा स्थलगत निरीक्षण र २७६ उजुरी फर्छ्योट गरिएको जनाएको छ।

मंगलबार, ३० असार २०८३, १३ : ००

प्रतिक्रिया