युरोपियन युनियनद्वारा युक्रेनलगात नयाँराष्ट्रलाई सदस्यता दिने वार्ताको निरन्तरता

मंगलबार, ३० असार २०८३, १५ : २०

काठमाडौं- युरोपियन युनियनले मङ्गलबार युक्रेन लगायतका नयाँ सदस्यता लिन इच्छुक राष्ट्रहरुको लागि दोस्रो चरणको वार्ता सुरु गरेको जनाइएको छ भने युक्रेनले भने यस विषयमा छिटो प्रगति गर्न र निर्णयमा पुग्न दबाब दिइरहेको छ ।

यस अघि हंगेरीको विरोधका कारण सदस्यता वार्ता निर्णयमा पुग्न ढिलाइ भए पछि २७ वटा राष्ट्रको समुह इयुले गत महिना युक्रेनसँग सदस्यता वार्ताको पहिलो चरण औपचारिक रूपमा सुरु गरेको थियो ।

ईयूमा सहभागी हुन उम्मेद्वार देशहरूले वातावरण र कृषि , न्यायीक प्रणलीलगायतका कुरामा इयुको कानुनसँग एक रुपता ल्याउनका लागि सम्बन्धित विषयहरूको छ वटा “समूहहरू” मार्फत वार्ता गर्ने जनाइएको छ ।

ब्रसेल्समा मङ्गलबार युरोपियन युनियनका मन्त्रीहरूले आफ्ना युक्रेनी समकक्षीसँग सुरक्षा, रक्षा र विदेश नीतिलगायतका विषयहरुमा वार्ता सुरु गरेको उल्लेख गरिएको छ ।

वार्ता प्रक्रिया अगाडि बढिरहेको अवस्थामा पनि युक्रेन र ब्रसेल्समा हुने गरेको गर्मी बिदाको बिदा सुरु हुने बित्तिकै सबै “समूहहरूमा वार्ता निकर्षमा पुग्न असम्भव हुने आकलन गर्न थालिएको जनाइएको छ ।

युद्ध–ग्रस्त युक्रेनले सन् २०२२ मा रूसले आक्रमण गरे पछि इयुमा सहभागी हुन आवेदन दिएको थियो भने अझै पनि पूर्ण ईयू सदस्यता प्राप्त गर्नका लागि लामो र कठिन यात्राको सामना गरिरहेको छ । यद्यपी युक्रेन एक मात्र युरोपेली युनियनको सदस्यता लिन इच्छुक सदस्य राष्ट्र नभएको जनाइएको छ  ।

आजको दिनलाई युरोपेली युनियनको विस्तारका लागि “सुपर मङ्गलबार” भएको युरोपेली युनियनका आयुक्त मार्टा कोसले बताए । उनले यो वार्ताको उपलब्धीलाई अब छिटै पुर्णता दिनु पर्ने पनि बताएका छन् । 

यसै बीच मोल्डोभाले पनि युक्रेनको साथमा सदस्यता मागेको थियो भने यो पनि वार्ताको दोस्रो चरणमा सक्रिय रहेको जनाइएको छ ।

अर्को महिना इयुको प्रमुख उम्मेदवार हुने मोन्टेनेग्रोले पनि यसैबिच अल्बानियासितै केही थप वार्ताका विषयहरू समेट्दै अगाडी बढेको जनाइएको छ । रासस
 

मंगलबार, ३० असार २०८३, १५ : २०

प्रतिक्रिया