होर्मुजको ताजा नाकाबन्दी र इरानको चर्को प्रतिक्रिया

मंगलबार, ३० असार २०८३, १५ : २०

सोमवार होर्मुज जलमार्गमा दुईवटा ट्याङ्करहरूमाथि ठाडो आक्रमण गरेको भनेर युनाइटेड अरब इमिरेट्स (यूएई)ले इरानमाथि आरोप लगाएको छ। ती घटनामा एकजनाको ज्यान गएको र ८ जना घाइते भएका छन्।

चर्कँदो तनावका माझ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त जलमार्गमा ताजा नाकाबन्दी लगाउने भन्दै त्यहाँबाट आवतजावत गर्ने जहाजहरूमाथि २०% शुल्क लगाउने बताएका छन्।

अमेरिकी राष्ट्रपतिले इरानमाथि सशक्त प्रहार गरिएको भनेका छन्। अमेरिकी सेनाले लगातार तेस्रो रात इरानमाथि हमला भइरहेको बताएको छ।

तेहरानको चर्को प्रतिक्रिया

अमेरिकी राष्ट्रपतिले नाकाबन्दी लगाउने भनेलगत्तै इरानका विदेशमन्त्रीले ट्रम्पकै शब्द सापट लिँदै होर्मुज जलमार्गको ‘रक्षक’ तेहरान भइरहने बताएका छन्।

होर्मुज जलमार्गको नियन्त्रणलाई लिएर उत्पन्न विवादले दुई पक्षबीच युद्ध अन्त्यका प्रयासहरू विथोलिने खतरा बढेको छ। तथापि अझै पनि सम्झौता सम्भव रहेको ट्रम्पले भनेका छन्।

सोमवार इरानी क्रुज क्षेप्यास्त्रले अन्तर्राष्ट्रिय जलमार्गमा आफ्ना दुई राष्ट्रिय ट्याङ्करहरूमाथि निसाना बनाएपछि यूएईले कडा निन्दा गरेको छ। ती घटनामा एकजना भारतीय नाविक दलका सदस्य मारिएका छन्। घाइते हुनेहरूमध्ये पनि ६ जना भारतीय रहेको तथा दुई जना युक्रेनी रहेको यूएईको रक्षामन्त्रालयले सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ।

‘अन्तर्राष्ट्रिय कानुनको गम्भीर र स्पष्ट उल्लङ्घन गर्दै यस क्षेत्रको सुरक्षा र स्थिरतालाई जोखिममा पार्ने यस ठाडो आक्रमणको रक्षा मन्त्रालय निन्दा गर्दछ,’ उसले भनेको छ।

होर्मुजमा थप हैरानी

अमेरिका र इरानबीच होर्मुज जलमार्गको नियन्त्रण विवादको एक मुख्य विषय बनिरहेको छ।
साथै होर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै कार्गो पानीजहाजहरूमाथि २०५ शुल्क लगाइने पनि उनले भनेका छन्।

यसबाट ‘इरानी जहाज वा उसका ग्राहक’हरूलाई उक्त महत्त्वपूर्ण जलमार्गबाट आवतजावत गर्नबाट रोक लाग्ने तर ‘बाँकी सबै देशहरूले खुला जलमार्गको उपयोग गर्न सक्ने’ उनले भनेका छन्।

‘यस विन्दुबाट अब संयुक्त राज्य अमेरिकालाई होर्मुज जलमार्गको रक्षक भनेर चिनिनेछ। तर न्यायोचित हुनका निम्ति उक्त कर्तव्यको निम्ति सबै कार्गो जहाजहरूमाथि २०%का दरले शुल्क लगाइनेछ,’ ट्रम्पले भनेका छन्।

विश्वको उक्त तनावपूर्ण क्षेत्रमा सुरक्षा दिने कार्यमा लाग्ने खर्चका निम्ति त्यस्तो शुल्क उठाइने ट्रम्पको तर्क छ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले इरानमाथि सशक्त प्रहारहरू भइरहेको बताए।

‘उनीहरूको आक्रामक क्षमताहरू ध्वस्त पारिँदैछ। अनि जलमार्गको नियन्त्रण हामी गर्दैछौँ’ उनले भने।

दुई देशबीच शान्ति वार्ताको बारे सोध्दा उनले भने ‘हो। मलाई लाग्छ सम्झौता सम्भव छ। हुन सक्छ।’

अमेरिकी हमलाको प्रतिक्रियास्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरेको इरानी सेनाले बताएको छ।

होर्मुज जलमार्गबारे ट्रम्पको घोषणाबारे प्रतिक्रिया जनाउँदै इरानी विदेशमन्त्री अब्बास अराग्चीले एक्समा लेखेका छन्  ‘(अमेरिकी राष्ट्रपति) एकदम सही छन्। जसले होर्मुज जलमार्गबाट व्यापारिक जहाजहरूको सुरक्षित यात्रा गराउँछ उसले त्यस सेवावापत क्षतिपूर्ति पाउनु पर्छ।’

उनले लेखेका छन् ‘सो जलमार्गको रक्षक इरान नै रहँदै आएको छ र सधैँ रहिरहने छ।’

‘तर २०% शुल्क निकै बढी हो। हामी उचित शुल्क लगाउँछौँ,’अराग्चीले लेखेका छन्।

बीबीसी न्यूज नेपाली 

मंगलबार, ३० असार २०८३, १५ : २०

प्रतिक्रिया