अपडेट

नेप्सेमा हरियाली, ६.११ अंकको सुधारसँगै ८ अर्ब ४१ करोडभन्दा बढीको कारोबार

मंगलबार, ३० असार २०८३, १५ : २४

काठमाडौं- साताको कारोबारको दोस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ बिन्दुमा पुगेको हो।

आज ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार रकमका आधारमा १०% केबिएल डिबेन्चर २०९० अग्रस्थानमा रह्यो। उक्त डिबेन्चरको ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मूल्य वृद्धितर्फ ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ सबैभन्दा बढी चम्किएको छ। यस डिबेन्चरको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ।

यता, ७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९०का लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। यस डिबेन्चरको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।

मंगलबार, ३० असार २०८३, १५ : २४

प्रतिक्रिया