लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा नयाँ अध्यक्ष, बीमा प्राधिकरणमा शपथ

बुधबार, ३१ असार २०८३, १२ : २१

काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुलीलाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आजै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के.सी. लाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित थिए ।
 

बुधबार, ३१ असार २०८३, १२ : २१

प्रतिक्रिया