काठमाडौं - जिल्ला प्रहरी कार्यालय दाङले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका कपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१ स्थित भालुवाङ चोकमा पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा कृष्णनगरबाट दाङ घोराही तर्फ आउदै गरेको बसको डिक्कीमा लुकाइछिपाइ राखिएको बिलबिजक नभएको कपडा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिए ।
बरामद गरिएका विभिन्न कपडाको कुल अनुमानित १ लाख ४६ हजार मुल्यबराबरको समान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया