काठमाडौं- सेयरबजार १४ अंकले बढेको छ। नेप्से उक्त अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको हो। बुधबार ४ अर्ब १६ करोडको कारोबार भएको छ। ८४ लाख बढी कित्ता बिक्रीमा यो परिमाणमा कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १९५ वटा सेयरको मूल्य बढ्दा ६० वटाको घटेको र १९ वटाको स्थिर छ।
आज सेयरहरु ९.२० प्रतिशतसम्म बढ्दा ७.३२ प्रतिशतसम्म घटेका छन्। बुधबार ४४ करोडसम्मको अधिकतम कारोबार भएको नेप्सेले जनाएको छ। आज लगानी समूह घटे पनि बाँकी हरियो छन्।
प्रतिक्रिया