काठमाडौं- एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीको ७ लाख ९० हजार कित्ता साधारण (आईपीओ) सेयर र २२ लाख १० हजार कित्ता संस्थापक सेयर गरी कुल ३० लाख कित्ता सेयर सूचीकृत गरिएको हो।
सूचीकृत सेयरको दोस्रो बजारमा कारोबार साउन १ गतेदेखि सुरु हुनेछ। नेप्सेले कम्पनीलाई 'ECL' कारोबार संकेत (ट्रेडिङ सिम्बोल) प्रदान गरेको छ।
कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ। पहिलो कारोबार यही मूल्य सीमाभित्र रहेर हुनेछ। त्यसपछि बजारको माग र आपूर्तिका आधारमा नियमित कारोबार अघि बढ्नेछ।
एभरेष्ट कलर लिमिटेडको सेयर सूचीकृत भएसँगै आईपीओ प्राप्त गरेका लगानीकर्ताले साउन १ गतेदेखि दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन्।
प्रतिक्रिया