ताजा समाचार

वैदेशिक रोजगारी

एक वर्षमा ७ लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीमा, कुन महिनामा कति भए पलायन ?

सोमबार, ०४ साउन २०८३, १२ : ४४

काठमाडौं- आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ७ लाख ९२ हजार १८७ पुगेको छ। श्रम स्वीकृतिको तथ्यांकअनुसार औसतमा प्रत्येक महिना करिब ६६ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्।

सबैभन्दा धेरै श्रम स्वीकृति वैशाख महिनामा जारी भएको छ। उक्त महिनामा ७४ हजार ४२९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। त्यसपछि कात्तिकमा ७३ हजार ९४ र माघमा ७० हजार ५०३ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्।

यस्तै, असारमा ६९ हजार ३६२, साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, मंसिरमा ६५ हजार ७०५, असोजमा ६४ हजार ६३४, पुसमा ६२ हजार ५५९, जेठमा ६१ हजार ७२ तथा चैतमा ६१ हजार ८१९ जनाले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा कम श्रम स्वीकृति फागुन महिनामा जारी भएको छ। उक्त महिनामा ५२ हजार ९४४ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

तथ्यांकले नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखाएको छ। देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं नेपाली रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने क्रम जारी छ।

सोमबार, ०४ साउन २०८३, १२ : ४४

प्रतिक्रिया