काठमाडौं- साताको कारोबारको तेस्रो दिन बुधबार नेपाली सेयरबजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा कायम भएको हो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन्। अधिकांश समूहमा बिक्री दबाब देखिएपछि समग्र बजार राताम्मे बनेको हो।
कारोबारका क्रममा ३४६ कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच भएका छन्। यस दिन ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
बजार घटे पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिफल पाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
प्रतिक्रिया