काठमाडौं- बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढेर २,७२६.७२ बिन्दुमा पुगेको छ।
यस दिन ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो।
बिहीबार एकै कम्पनीको अधिकतम २८ करोड रुपैयाँसम्मको कारोबार भएको छ। क्षेत्रगत रूपमा लगानी र अन्य समूहमा गिरावट आए पनि बाँकी सबै उपसमूह हरियाली देखिएका छन्, जसले समग्र बजारलाई सकारात्मक दिशातर्फ डोर्याएको छ।
प्रतिक्रिया