वार्षिक रिपोर्ट:

सम्पत्ति शुद्धीकरणमा कडाइ, १२१ जना विरुद्ध एक खर्ब १८ अर्ब बिगो दाबी

शुक्रबार, ०८ साउन २०८३, ११ : ४५

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सात वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्दै १२१ जनालाई प्रतिवादी बनाएको छ।

बिहीबार सार्वजनिक गरिएको विभागको वार्षिक विवरणअनुसार ती प्रतिवादीविरुद्ध करिब १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएपछि अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अघि बढाइन्छ।

अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन विभागमा चार अनुसन्धान शाखा, कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा तथा प्रहरी शाखा सञ्चालनमा रहेका छन्।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारसम्बन्धी मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरण कसुरका घटनाको अनुसन्धान गर्दै आएको जनाएको छ। पछिल्लो समय यस्ता कसुरमाथिको अध्ययन, अनुसन्धान र तहकिकातलाई थप तीव्र बनाइएको विभागले उल्लेख गरेको छ।

शुक्रबार, ०८ साउन २०८३, ११ : ४५

प्रतिक्रिया