काठमाडौं – नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोपमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो। मुद्दा दायर हुनेमा तत्कालीन योजना प्रमुख तथा हाल काठमाडौं महानगरपालिका–११ की वडा सदस्य आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्यसहित ८ जना छन्।
अनुसन्धानअनुसार नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा प्रक्रियाविपरीत भाडामा दिई ७५ लाख रुपैयाँ नगद लिएको, बालबालिकाको हितका लागि छुट्याइएको रकम व्यक्तिगत उपचार, किरिया खर्च तथा गाडी खरिदमा प्रयोग गरिएको पाइएको छ। साथै आशा श्रेष्ठले वडा सदस्य निर्वाचित भइसकेपछि पनि नियमविपरीत बाल मन्दिरबाट मासिक ‘परिवहन भत्ता’ लिएको आरोप समेत अभियोगपत्रमा उल्लेख छ।
प्रतिक्रिया