काठमाडौं- धरौटीको विषयमा माननीय मन्त्रीज्यूबाट व्यक्त भएको भनाइप्रति ECAN ले आफ्नो धारणा स्पष्ट पारेको छ ।
ECAN को स्थापना कालदेखि आजसम्म शिक्षा परामर्श व्यवसायमा धरौटीको व्यवस्था हुनुपर्छ भन्ने कुनै संस्थागत निर्णय, आधिकारिक धारणा वा नेतृत्व तहबाट प्रस्ताव गरिएको छैन। ECAN को संस्थागत इतिहास र स्मृतिमा समेत यस्तो कुनै अभिलेख छैन। ECAN को धारणा हिजो पनि स्पष्ट थियो, आज पनि स्पष्ट छ र भोलि पनि स्पष्ट रहनेछ—यस क्षेत्रमा धरौटी आवश्यक छैन र यसको व्यवस्था हुनुहुँदैन।
यदि कसैले विगतमा यस्तो प्रस्ताव वा धारणा राखिएको दाबी गरेको हो भने, सम्बन्धित व्यक्ति, मिति र प्रमाणसहित सार्वजनिक गर्न ECAN आग्रह गर्दछ। प्रमाणविहीन अभिव्यक्तिलाई तथ्यका रूपमा स्थापित गर्ने प्रयास स्वीकार्य हुन सक्दैन।
साथै, कुनै पनि अभिव्यक्तिले शिक्षा परामर्श क्षेत्रभित्र अनावश्यक विभाजन, भ्रम वा अविश्वास सिर्जना गर्ने अवस्था आउनु हुँदैन। यस क्षेत्रको एकतालाई कमजोर पार्ने वा “divide and rule” को सन्देश जाने कुनै पनि भाष्यबाट मन्त्रालय र माननीय मन्त्रीज्यू पनि सचेत रहनु आवश्यक छ भन्ने हाम्रो अपेक्षा छ।
प्रतिक्रिया