काठमाडौं- पहिरोका कारण कोदारी राजमार्ग १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा आवतजावत ठप्प हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ।
राजमार्गको अवस्थाबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेका छन्। उनीहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए।
राजमार्ग लामो समयसम्म सञ्चालनमा नआएको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाउँदै यथाशीघ्र सडक खुलाएर यातायात सेवा सुचारु गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया