नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक, सस्तोमा बढी डाटा र अनलिमिटेड कल

मंगलबार, १२ साउन २०८३, १३ : १४

काठमाडौं- नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ ।

पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ । ३७३ रुपैयाँमा ३० दिन समयावधि भएको प्याक अन्तर्गत ६ जीबी डाटा चलाउन, ४०० मिनेट अल–नेट भ्वाइस कल गर्न र ५० वटा अल–नेट एसएमएस पठाउन सकिने छ भने ४९९ रुपैयाँमा १० जीबी डाटा चलाउन, ५०० मिनेट अल–नेट भ्वाइस कल गर्न र १०० वटा अल–नेट एसएमएस पठाउन सकिने छ ।

पोस्टपेड मोबाइलका लागि लोकप्रिय सजिलो अनलिमिटेड प्याक अन्तर्गत थप सुविधा सहित ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, दैनिक २ जीबीका दरले मासिक ६० जीबी डाटा र २०० एसएमएस उपलब्ध हुनेछ ।

त्यसैगरी ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, दैनिक १० जीबीका दरले ३०० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ भने ९९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस दैनिक १५ जीबीका दरले ४५० जीबी डाटा र ३०० एसएमएस उपलब्ध हुनेछ । त्यसैगरी, अलि बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि १,४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, ५०० जीबी डाटा र ३५० एसएमएस तथा १,९९९ रुपैयाँमा उपलब्ध हुने एक्जिक्युटिभ प्याक अन्तर्गत अनलिमिटेड भ्वाइस, अनलिमिटेड डाटा र ५०० एसएमएस सुविधा उपलब्ध हुनेछ ।

प्रिपेड ग्राहकको हकमा डाटा प्याकतर्फ थप प्याकको रुपमा ९९ रुपैयाँमा १ दिन समयावधिको ८ जीबी डाटा प्याक र १९९ रुपैयाँमा ७ दिन समयावधि भएको २० जीबी डाटा प्याक उपलब्ध गराइएको छ ।

सजिलो अनलिमिटेड प्रिपेड प्याकलाई थप आकर्षक बनाइएको छ । यस अनुसार ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, दैनिक १५ जीबीका दरले मासिक ४५० जीबी डाटा र ३०० अल–नेट एसएमएस प्राप्त हुनेछ भने १,४९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस कल, मासिक ५०० जीबी डाटा र ३५० अल–नेट एसएमएसको सुविधा उपलब्ध हुनेछ । धेरै डाटा प्रयोगकर्ताका लागि यो प्याक फाइदाजनक हुनेछ ।

स्वतः नवीकरण हुने सब्स्क्रिप्सन प्याकेज अन्तर्गत नमस्ते रिकरिङ २९९, ४९९ र ७९९ प्याक उपलब्ध भएकोमा अब नमस्ते रिकरिङ ६९९ प्याक समेत उपलब्ध हुनेछ । त्यसैगरी, कर्पोरेट युजर ग्रुपका लागि उपलब्ध सीयूजी ९ऋग्न्० प्याकेजमा समेत नयाँ आकर्षक प्याकहरु बनाइएको छ ।

साथै, हाल सञ्चालनमा रहेको नमस्ते क्रेडिट (सापटी) सेवामा परिमार्जन गरिएको छ । हाल प्रदान गरिँदै आएको सापटी सुविधालाई यही साउन १५ गतेदेखि लागु हुने गरी ३० रुपैयाँ बनाइएको छ । उक्त सापटी रकमबाट ३० रुपैयाँ वा सो भन्दा कम मूल्यका कुनै पनि डाटा, भ्वाइस वा एसएमएस प्याकेजहरू सजिलै खरिद गर्न सकिनेछ । यो सेवा प्रिपेड ग्राहकहरुले मोवाइलबाट ८ज्ञद्धठठ३ डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोग गरी लिन सक्नु हुनेछ ।

यी वाहेक नेपाल टेलिकमका भ्वाइस र डाटा सम्बन्धी अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।

मनसुन अफर २०८३ आज (२०८३ साउन १२) देखि लागू भएको छ । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

मंगलबार, १२ साउन २०८३, १३ : १४

प्रतिक्रिया