काठमाडौं- साताको कारोबारको दोस्रो दिन सेयरबजार सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा कायम भएको छ।
आज १ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको तथा १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ भने अन्य कम्पनीको मूल्य अधिकतम ९.१० प्रतिशतसम्म बढेको छ। गिरावटतर्फ एक कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतसम्म घटेको छ। आज एक कम्पनीको सेयरमा करिब २७ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया