काठमाडौं- Infinix Nepal ले आफ्ना स्मार्टफोनलाई अझ बढी ग्राहकको पहुँचमा पुर्याउने उद्देश्यले ‘Big Phones, Small Payments’ अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले Infinix का विभिन्न स्मार्टफोन ० प्रतिशत ब्याजदरको १२ महिनासम्मको EMI सुविधामार्फत खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले छनोट गरिएका Infinix स्मार्टफोन खरिद गर्दा ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १२ महिनासम्म कुनै अतिरिक्त ब्याजबिना मासिक किस्तामा तिर्न सक्नेछन्। यो सुविधा Goodwill Finance Limited को सहकार्यमा उपलब्ध गराइएको हो।
कम्पनीले यो योजनाले एकैपटक ठूलो रकम तिर्न नसक्ने ग्राहकलाई सहज मासिक किस्तामा आफ्नो रोजाइको स्मार्टफोन खरिद गर्ने अवसर प्रदान गर्ने जनाएको छ। Infinix का GT Series, NOTE Series र HOT Series का लोकप्रिय मोडेलहरू यस योजनामा समावेश गरिएको छ।
EMI योजनाअन्तर्गत HOT 70 (6GB/128GB) का लागि १२ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक १ हजार ६०० रुपैयाँ किस्ता तोकिएको छ। त्यस्तै HOT 70 (8GB/128GB) मा १४ हजार रुपैयाँ डाउन पेमेन्ट तथा मासिक १ हजार ७५० रुपैयाँ, NOTE Edge (8GB/128GB) मा १६ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार १०० रुपैयाँ तथा NOTE Edge (8GB/256GB) मा १९ हजार २०० रुपैयाँ डाउन पेमेन्टसहित मासिक २ हजार ४०० रुपैयाँ तिर्नुपर्नेछ।
यसैगरी NOTE 60 (8GB/128GB) मा १८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ३०० रुपैयाँ, NOTE 60 (8GB/256GB) मा २० हजार ८०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ६०० रुपैयाँ, GT 30 Pro (8GB/256GB) मा २२ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट र मासिक २ हजार ८०० रुपैयाँ तथा GT 30 Pro (12GB/256GB) मा २४ हजार रुपैयाँ डाउन पेमेन्ट र मासिक ३ हजार रुपैयाँ किस्ता तोकिएको कम्पनीले जनाएको छ।
त्यस्तै NOTE 60 Pro (8GB/256GB) का लागि २४ हजार रुपैयाँ डाउन पेमेन्ट र मासिक ३ हजार रुपैयाँ तथा NOTE 60 Pro (12GB/256GB) मा २६ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरी मासिक ३ हजार ३५० रुपैयाँ तिरेर स्मार्टफोन खरिद गर्न सकिनेछ। सबै EMI योजना १२ महिनाको अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।
Infinix ले शक्तिशाली प्रदर्शन, आधुनिक प्रविधि, उत्कृष्ट फिचर र आकर्षक डिजाइन भएका स्मार्टफोनलाई सहज किस्तामा उपलब्ध गराएर नेपाली ग्राहकलाई नयाँ प्रविधिमा अपग्रेड हुन आर्थिक रूपमा थप सहज बनाउने उद्देश्य राखेको जनाएको छ।
यो ० प्रतिशत ब्याजदरको EMI सुविधा नेपालभरका अधिकृत Infinix रिटेलर तथा सहभागी आउटलेटहरूमा Goodwill Finance Limited को सहकार्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया