मन्त्रिपरिषद् बैठक

९ विधेयक संसद्‌मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

बुधबार, १३ साउन २०८३, १७ : २४

काठमाडौं- सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ व्यवस्था गर्न आवश्यक आठ वटा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक तथा सङ्क्रामक रोग तथा पशु ऐनसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यस्तै, बैठकले राहदानी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक, मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियन्त्रणसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन गर्न बनेको विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन संशोधनसम्बन्धी विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

सरकारले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाउने उद्देश्यका साथ यी विधेयक संसद्मा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।

बुधबार, १३ साउन २०८३, १७ : २४

प्रतिक्रिया